दशैँलाई भित्रियो भेडाच्याङ्ग्रा र खसीबोका: सिंगान बगेको खसी नकिन्नुस् है !

काठमाडौं । दशैँ नजिकिएसँगै काठमाडौंमा हजरौं खसीबोका भित्रिरहेका छन्  । 

दैनिक हजरौं खसीबोकाकाठमाडैं भित्रने क्रममा छ ।  काठमाडौंमा खसी बजारहरुमा ठूलो संख्यामा खसी बोका खरिद बिक्री हुँदैछ । हरेक वर्ष जस्तै यस वर्ष पनि दशैँको लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आयात भएका छन् । 

आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था  आएको हो । यो समयमा चीनबाट पनि भेडाच्यांग्रा आउने गरेका छन् । 

दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्रै नेपालका आन्तरिक उत्पादन हुने गरेका छन् ।  बाँकी सबै भारत र चीनकै भर पर्नु अवस्था छ ।

दशैँको बेलामा मुखमा र्यापल वा अति सुख्खा वा दुवै लक्षण देखिएको, नाकबाट सिँगान बग्ने, खोक्ने र नउग्राउने भएको तथा मलद्वार वरिपरि गोवर भएको, रौँ ठाडो तथा पेट फुलेको खसी बोका नकिनेकै राम्रो हुन्छ ।

दशैँको समयमा ठूलो मात्रामा खसी आयात हुने, कतिपय अवस्थामा लुकाईछिपाई समेत भित्र्याइने, आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने लगायतका कारण बजार पुगेर कारोबार हुनु अगावै पनि कतिपय चौपाया मर्ने, रोगी हुने लगायतका समस्या देखिन सक्छन् । त्यसैले खसी किन्दा उपभोक्ता स्वयंले पनि ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?