हृयुम पाइपले किचेर ८ वर्षीय बालकको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर ९ स्थित रातो बंगला परिसरमा हृयुम पाइपले किचेर एक जानाको मृत्यु भएको छ । 

वीरगञ्ज–९, रानीघाट बस्ने बाल मुकुन्द राउतका ८ वर्षीय छोरा रोहितको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका रोहितलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो ।

ह्युम पाइपले किचेर चार जानको घाइते भएका थिए । 

अन्य दुईजनाको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

एडिबीको ऋण अनुदानमा वीरगञ्ज महानगरपालिकामा सञ्चालित मझौला एकीकृत शहरी वातावरणीय सुधार परियोजनाका लागि हृयुम पाइपहरु रातो बंगला परिसरमा थुपारेर राखिएको छ ।

सोमबार साँझ ह्युमपाईप नजिकै खेलिरहेका बालबालिकालाई अचानक हृयुम पाइप गुडेर किचेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?