४९ तोला सुनका गरगहना चोरी, सिक्री लुटेर भाग्दै गर्दा सनम शेर्पा न्यूरोडबाट पक्राउ

काठमाडौँ । दशैका लागि किनमेल गर्न न्यूरोड पुगेका भक्तपुर थिमीका २३ वर्षीय संजय मानन्धरको घाँटीको सिक्री थुतेर भाग्दै गरेका एक ब्यक्ति पक्राउ परेका छन् । 

साँझको सयममा सर्वसाधारणको भिडभाड लागेको वेला सिक्री लुटेर भाग्दै गरेका सोलुखुम्बु चौरीखर्क घर भइ हाल काठमाडौं बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी बृत्त जनसेवाले न्यूरोडबाट ओमबहाल जाँदै गरेको अवस्थामा अभियुक्त शेर्पालाई पक्राउ गरेको हो । 

उनको साथबाट लुटिएको १.५ तोलको सुनका सिक्री बरामद गरेको छ । यस वर्ष दशै किनमेलको भिडभाडमा न्यूरोडबाट सिक्री लुटिएको यो पहिलो घटना हो । 

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्वर–१४ स्थित सुनार गाउँ बस्ने कमला सुवेदीको घरमा लुटपाट भएको छ । लुटेराले ३५ लाख मूलय बराबरको गरगहना चोरी गरेको छ । 

महानगरीय प्रहरीका अनुसार दशै किनमेलका लागि जम्मा गरि राखिएको २० हजार नगद तथा दराजमा लुकाइ राखेको सुनको गरगहना अन्दाजी ५९.५ तोला लुटिएको छ । 

प्रहरीका अनुसार, पीडित सुवेदीको घरमा कोही नभएको मौका छोपि सोमवार साँझ करिब ३५ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

पीडित सुवेदीले आफ्ना लागि दशै दशा भएर आएको बताएकी छन् । कल्पना समेत गरेका थिएनौं, दिउँसो एक्कासी चोरी भएछ। साँझ घर आउदा मात्र थाह भयो उनले भनिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?