कलंकीमा रहेका सबै काउण्टर हटाउने यातायात विभागको तयारी

काठमाडौं । दशैँको लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनले बढी भाडा लिइएको पाइए तुरुन्त खबर गर्न सरकारले आग्रह गरेको छ । 

केही गाडीले यात्रुलाई ठगीरहेको पाइएकाले सरकारले ठगी गर्नेविरुद्ध तुरुन्त नजिकैको प्रहरी वा ट्राफिक प्रहरी र यात्रु सहायता कक्षमा उजुरी गर्न यात्रुलाई आग्रह गरेको हो । 

सरकारले सार्वजनिक गाडीमा १० प्रतिशत भाडा बढाए पछि त्यसको फाइदा उठाउँदै केही गाडीले आफूखुशी भाडा लिइरहेका यात्रुको गुनासो छ ।

यात्रु धेरै ठगीएको भेटिएपछि यातायात विभागले कलंकीमा रहेका सबै काउण्टर हटाउने तयारी गरिरहेको छ । 

ट्राफिक प्रहरीसँगको सहकार्यमा विभागले कलंकीका काउण्टर हटाउने तयारी गरेको हो ।

कलंकी हुँदै छुट्ने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ । कोटेश्वरमा रहेको काउण्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले बिभागले अनुगमन थालिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?