निर्मला हत्या प्रकरणः अब हत्यारा सार्वजनिक

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७५ दिन पूरा भयो अहिलेसम्म प्रहरीले अभियुक्त पत्ता लगाउन सकेको छैन । गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ भने राष्ट्रिय मानवअधिकार आयोगले पनि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । ती प्रतिवेदन सरकार आफैंले सार्वजनिकसमेत गरिसकेको छ । सबै प्रतिवेदनमा निर्मलाकी साथी भनिने बम दिदीबहिनी, तत्कालीन कञ्चनपुरका एसपी डिल्लीराज विष्ट र उनका छोरा किरण विष्टलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने उल्लेख छ । यसको अर्थ अब सरकारले चाह्यो भने अभियुक्त पक्राउ गर्न गा¥हो छैन ।

निर्मलाको न्यायका निम्ति भन्दै काठमाडौं, महेन्दनगरलगायतका स्थानमा दिनदिनै प्रदर्शन भइरहेका छन् भने पमुख प्रतिपक्ष दल नेपाली कांगेसलगायतका दलले सरकारलाई दबाब दिइरहेका छन् । तर, अहिलेसम्म सरकारले शंकास्पद व्यक्तिलाई अनुसन्धानको दायरामा समेत ल्याएको छैन । कतै सरकार स्वयं बलात्कारीको संरक्षणमा लागेको त हैन आशंका गर्नेहरूलाई बल पुगेको छ । एसपी विष्ट निलम्बित छन् भने बम दिदीबहिनी चैनसँग घरमै बसिरहेका छन् । निर्मलाको बलात्कारपछि हत्या भएपछि हत्याको प्रमाण मेटाउन तत्कालीन एसपी विष्टले भूमिका खेलेको घाम जतिकै छर्लंग छ । विभिन्न प्रतिवेदनमा विष्टले प्रमाण मेटाएको उल्लेख भने उच्च स्तरीय छानबिन समितिले बम दिदीबहिनीको भूमिका शंकास्पद भएको उल्लेख गरेको छ । त्यसो त स्थानीयले पहिल्यैदेखि घटनामा एसपी विष्ट र बम दिदीबहिनीको संलग्नता रहेको आशंका गर्दै आएका थिए । बम दिदीबहिनीमध्ये बबिताले निर्मलाको आमालाई छोरी खोज्न जाँदा दुव्र्यवहार गरेर पठाएकी थिइन्  । आजको राजधानी दैनिकले सम्पादकीय छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?