नागढुंगा–पिपलामोड सडक दुईतर्फी खुल्यो

काठमाडौं – नागढुंगा–पिपलामोड सडक पिच गर्ने काम सकिएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ । पिच थालिएपछि दैनिक सवारी आवागमन प्रभावित बन्दै आएको थियो ।

असोज १५ बाट सुरु भएको पिच निर्माण शनिबार राति सकिएको हो । अब सवारी आवागमन सहज भएको सडक डिभिजन कार्यालय काठमाडौं २ ले जनाएको छ । डिभिजन प्रमुख देवकुमार तामाङका अनुसार काम सुरु भएको पहिलो दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द गरिएको थियो । दोस्रो दिनबाट एकतर्फी यातायात सञ्चालन गरेर पिच गरिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?