नेकपा सचिवालय बैठक : वरिष्ठ नेता नेपालको असहमति पत्र पेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पेश गरेको असहमति पत्र सचिवालय बैठकमा पेश भएको छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालको बैठकले स्थायी कमिटिमा एजेण्ड तय गर्न पुनः सचिवालयको बैठक बोएको छ । 

पार्टीको तल्लो तहको एकता प्रक्रियाको मापदण्ड लगायतका विषयमा ठोस निर्णय गर्न नसकेपछि नेकपाले अब पार्टी भित्रका विवाद, एकता प्रक्रिया लगायतका विषयमा स्थायी समितिमा छलफल गर्ने निर्णय गरेको हो । 

नेता नेपालले यसअघि सचिवालयले गरेको प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णयमा असहमति जनाएका थिए ।

आफ्नो अनुपस्थितिमा निर्णय भएको भन्दै नेता नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेको बेला पार्टी महासचिव विष्णु पौडेललाई असहमति पत्र बुझाएका थिए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्तिप्रक्रिया र लोकतन्त्रको विषयमा स्पष्ट धारणा राखेका बताएका थिए । यो बीचमा अध्यक्ष दाहालले भारत र चीनको भ्रमण गरे । नेता नेपालले घाना र चीन एवं नेता श्रेष्ठले चीनको भ्रमण गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?