जनकपुरधाम उप–महानगरपालिकाका वडा अध्यक्ष साह पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ का वडा अध्यक्ष पक्राउ परेका छन् । 

जनकपुरधाम उपमहानगरपालिका–९ मा बाटो. विस्तारको क्रममा आफ्नो घर भत्काउन नमानी जवरजस्ती गर्न खोजेको वडा अध्यक्ष परमेश्वर साह पक्राउ परेका हो । 

एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाम उप–महानगरपालिकामा सञ्चालित एकिकृत सहरी विकास परियोजना अन्तर्गत सडक विस्तारको क्रममा पटक–पटक अवरोध सृजना गरेका अध्यक्ष साहलाई प्रहरीले पक्राउ गरेको हन् ।

वडा अध्यक्ष साहसहित उनको परिवारका अन्य सदस्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएर घर भत्काएको छ । 

जनकपुरधामको पिरारी चौक देखि थापा चौकसम्मको घर नभत्काइएको कारणले एकिकृत सहरी विकास आयोजना अन्तर्गत काममा अवरोध भइरहेका कारण उनीहरुलाई पक्राउ गर्नुपरेको प्रहरी बताउँछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?