काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताको कारण देखाउँदै आइतवार बस्न नसकेको नेकपा सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
सोमवारको बैठकले स्थायी कमिटीको मिति र एजेण्डा तय गर्नुका साथै पछिल्लो समय उठेका असन्तुष्टि पक्ष, सरकारको कामकारबाही लगायतका एजेण्डामा छलफल हुने सचिवालयका एक सदस्यले बताए ।
यसअघि असोज ५ गते को सचिवालय बैठकले परामर्श बिना नै प्रदेश कमिटीका अध्यक्ष, इञ्चार्ज तथा सचिव तोक्ने काम गरेको भन्दै वरिष्ठ नेता माधवकुकार नेपाल असन्तुष्ट छन् ।
नेपाल विदेशमा रहेका बेला जिम्मेवारी तोकिएको भन्दै उनले आलोचना गर्दै आएका छन् । पछिल्लो समय उनले पार्टी नेतृत्व र सरकारबारे सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया