काठमाडौं– निर्मला हत्या प्रकरणको छानबिन समितिको प्रतिवेदनमा निर्मलाका परिवारले शंका गर्दै आएका एपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको जन्मदिनलाई विवादित ठहराउँदै शंकास्पद भनेको छ ।
किरणराजले छानबिन प्रतिवेदनसमक्ष १० साउनमा आफूले होटलमा फोटोसुट गरेको र सामान्य रूपमा जन्मदिन मनाएको बताएका छन् ।
तर, उनको नागरिकतामा भने २०५६ साल १० वैशाखमा उनको जन्मदिन देखिएको भन्दै शंकास्पद ठहराएको हो ।
विष्टले १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताएका छन् । सो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने बेहोरा पनि शंकास्पद रहेको प्रतिवेदनमा छ ।
छानबिन समितिसमक्ष उनले मृतक निर्मला पन्त, नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी बम र बबिता बमलाई नचिनेको बताएका छन् ।
यसैबीच, छानबिन समितिले आन्दोलनका क्रममा सन्नी खुनाको मृत्यु हुनेगरी गोली चलाउने प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ । यस्तै, छानबिनलाई प्रभावित बनाउने र हेलचेक्र्याइँ गर्ने प्रहरी, वडा प्रहरी कार्यालयका इन्चार्ज निरीक्षकलगायतलाई पनि अनुसन्धानमा तानी बलात्कार र हत्याको रहस्य पत्ता लगाउन सुझाव दिएको छ । घटनास्थलमा रहेको गन्जी र निलो कट्टु तथा निर्मलाका कपडा पखाल्ने कामले प्रमाण नष्ट गर्न मद्दत पुगेको समितिको ठहर छ । राजधानीमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया