काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि फेरि छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।
कञ्चनपुर पुगेर स्थलगत अध्ययन गरेको आयोग टोलीेको प्रतिवेदनका आधारमा सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्नुपर्नेलगायत ८ बुँदे निर्देशन दिइएको हो ।
प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दासमेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया