जन्त आउँदै मोदी, यस्तो छ पाचौँ नेपाल भ्रमणको कारण

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाचौँ पटक नेपाल आउने भएका छन् । 

भारतीय प्रधानमन्त्री मोदी आगामी मंसिर २६ गते जनकपुर आउने भएका हुन् ।  

नेपाल भारत जोड्ने एकमात्र रेल जनकपुर – जनयनगर रेलको उद्घाटन गर्न मोदी नेपाल आउन लागेका हुन् । 

भारतीय दूतावास स्रोतका अनुसार प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने छन् । 

नेपाल र भारत जोड्ने एकमात्र रेलमार्ग जनकपुर–जयनगर रेल सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ । 

विवाहपञ्चमीको दिन भारतबाट थुप्रै साधुहरु जन्तीको रुपमा विगतदेखि नै जनकपुर आउने गरेका छन् र यसपटक ती साधुहरुका साथमा प्रधानमन्त्री मोदी पनि आउने भएका हुन् ।  

प्रदेश २ को सरकारले पनि  यसपटकको विवाहपञ्चमीलाई सार्कस्तरीय ढंगबाट मनाउने तयारी गरिरहेको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?