नेपाल तरुण दलले बुझायो प्रधानमन्त्री ओलीलाई नौँ बुँदे ज्ञापन पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नौँ बुँदे ज्ञापन पत्र बुझाएका छन् । 

तरुण दलका अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा गएको टोलीले चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई नौँ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

सरकारले नागरिकलाई राहत दिनु पर्ने ठाउँमा उल्टै गैरजिम्मेवार भएर सबै सामानको मूल्य बढाएकोप्रति आपत्ति जनाएको हो । 

के छ नौँ बुँदे मागमा ?

१) दशैँको मुखमा आयर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिइयोस् ।

२) कालोबजारी र तस्करीलाई नियन्त्रण र कारबाही गरियोस् ।

३) चाड पर्वको अवसरमा देशभर ७ सय ५३ पालिकाका विभिन्न स्थानमा सुपथ मूल्य पसलको व्यवस्था गरियोस् ।

४) दशैँमा आ(आफ्नो गाउँघर जाने यात्रुहरुको लागि यातायातको साधनको थप व्यवस्था र व्यवस्थित गरियोस् ।

५) यस्तो बेला हुनसक्ने विभिन्न घटनाहरुबाट सतर्क बनी जनताको जिउ धन र शान्ति सुरक्षाको व्यवस्था मिलाइयोस् ।

६) चिनी,तेल र विभिन्न खाद्यान्न वस्तुमा गरिएको मूल्यवृद्धि नियन्त्रण र सुपथ मूल्यमा उपलब्ध गराइयोस् ।

७) गरिब, असहाय,अशक्त र विपन्न परिवारलाई तत्काल राहतको घोषणा गरियोस् ।

८) दशैँ तिहार छठ पर्वको अवसरमा विभिन्न युवा संघसस्थाहरुले  आयोजना गर्ने खेलकुद र मनोरञ्जनका कार्यक्रममा सुरक्षा र सहयोग प्रदान गरियोस् ।

९) निर्मला पन्तको हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गरी कडाभन्दा कडा कारबाही गरी सम्पूर्ण नेपाली चेली दिदीबहिनीहरु सार्वजनिक स्थानमा शान्तिपूर्ण ढंगले खुला रूपमा हिँड्ने खाल्को वातावरण र सुरक्षाको व्यवस्था मिलाइयोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?