व्यवसायीहरुलाई धम्क्याई रकम उठाएको अभियोगमा एक पक्राउ

काठमाडौं । दशैँ–तिहार खर्च चाहियो भन्दै व्यवसायीहरुलाई धम्क्याई रकम उठाएको अभियोगमा लाजिम्पाटबाट ३१ वर्षीय सुदिप गुरुङ पक्राउ परेका छन् । 

लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने गुरुङले ठमेल एरियामा स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनको साथबाट विभिन्न ब्यक्तिलाई धम्की दिई रकम उठाउन तयार पारिएको लिष्ट र रकम माग्न प्रयोग भएको मोवाइल पनि बरामद गरेको जानकारी प्रहरीले दिएको हो । 

यसैबीच, चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित राजकुमार बस्नेतको युनिक खाजा घरमा सञ्चालित जुवा अखडामा प्रहरीले छापा मारेको छ । 

जुवाखालबाट छ जनालाई पक्राउ गर्नुका साथै उनीहरुको साथबाट एकलाख नौसय ८५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?