काठमाडौं । राष्ट्रियसभाले ११ वटा महत्वपूर्ण विधेयकहरु छलफल नै नगरि पारित गरेको छ ।
नेपाली कांग्रेसका सांसद रहेका राधेश्याम अधिकारीले राष्ट्रियसभाले ११ वटा महत्वपूर्ण विधेयकहरु छलफल नै नगरी पारित गरेको बताएका हुन् ।
कांग्रेस सांसद एवं कानुनविद् समेत रहेका अधिकारीले आइतबार संसदीय मामिला पत्रकार समाजको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रतिनिधिसभाबाट पारित भएका ती विधेयकहरु राष्ट्रियसभामा छलफल नै नभई पारित भएको जानकारी हुन् ।
‘संसद्को दुवै सदनमा विधेयक बारे छुट्टाछुट्टै छलफल पछि पारित गर्ने प्रावधान छ तर, राष्ट्रिसभाले समय अभावका कारण छलफल बिना नै पारित गरेको हो’ उनले भने ।
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन–२०६८ लाई संशोधन गर्न बनेको विधेयक, सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अनिवार्य तथा निस्शुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, रोगजारीको हक सम्बन्धमा व्यवस्था गर्न बने
यस्तै, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि छलफल नै नगरी पारित भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया