कक्षा ११ को पूरक परीक्षा मंसिर ८ गतेदेखि शुरु

काठमाडौं । कक्षा ११ को ग्रेडवृद्धि (पूरक) परीक्षा मंसिर ८ गतेदेखि शुरु हुने भएको छ । 

कक्षा ११ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी मंसिर ८ गते शनिबारका दिन सञ्चालन हुने भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो ।  

बोर्डले आइतबार गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनाका अनुसार परीक्षामा सहभागि हुन इच्छुक विद्यार्थीले आवेदन फारम र तोकिएको परीक्षा शूल्क बुझाई सम्बन्धित विद्यालयका प्राचार्यबाट प्रमाणित गराई तोकिएको शाखा कार्यालयहरुमा बुझाउन सक्ने छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?