काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
आइतबार दिउँसो २ बजे बस्ने कार्यसमितिको बैठकमा पार्टीको संशोधन विधान, नेपाल विद्यार्थी संघको विधान लगायत विषयमा छलफल हुने जनाइएको छ ।
असोज १९ गते शुक्रबार बस्ने भनिएको कांग्रेस केन्दीय कार्यसमिति बैठक बोलाइएको थियो । तर, अवश्यक तयारी पूरा नभएको भन्दै स्थगित गरिएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया