काठमाडौं– राजधानीको नयाँ बसपार्कमा बेहोस हुने औषधि मिसाएको जुस खुवाई लुटपाट हुने गरेकाे खुलासा भएकाे छ ।
सर्वसाधारण तथा वैदेशिक रोजगारवाट फिर्ता भएकाहरुलाई जुस खुवाएर वेहोस बनाई धनमाल लुटपाट गर्ने धनुषाको मिथिला गाउँपालिका ४ स्थायी घर भएका हरीदेव महतोलाई महानगरिय प्रहरी प्रभाग नयाँ वसपार्क र अपराध महाशाखा पिसिसिवि नयाँ वसपार्कको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।
नयाँ वसपार्क भित्रवाट विगत केही समय अघिदेखि सर्वसाधारण तथा वैदेशिक रोजगारवाट फिर्ता भएकाहरुलाई उनले विभिन्न प्रकारको प्रलोभन देखाई वेहोस हुने औषधि मिसाएको जुस खान दिएर लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनलाई हिरासतमा लिएर विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया