कक्षा ११ को नतिजा सार्वजनिक, कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

काठमाडौँ –  कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार आंशिकको अंक पद्धतितर्फ ३८.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा गत वैशाख ३० देखि जेठ ९ गतेसम्म भएको परीक्षामा  नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ एक हजार एक सय ४५ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए ल्याएका छन् ।
यसैगरी  ३.२१ देखि ३।६० जीपीए ल्याउने ८ हजार ९ सय ४९ जना छन् भने  जीपीए २.८१ देखि जीपीए ३.२० ल्याउने २४ हजार ५ सय १५ विद्यार्थी छन् ।

४८ हजार ७ सय ३२ जनाले २.४१ देखि २८० जीपीए प्राप्त गर्दा २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार ७ सय ७० रहेको छ ।

यसैगरी  ९२ हजार ५ सय ९३ परीक्षार्थीले १.६१ देखि २.०० जीपीए ल्याउँदा १.२१ देखि १.६० जीपीए ल्याउने ४१ हजार ४ सय ६ जना  छन् ।
यस्तै  ०.८१ देखि १.२० जीपीए प्राप्त गर्ने विदार्थीको संख्या ८ हजार १ सय २७ रहेको छ भने ०.० देखि ०.८० जीपीए पाउने २० हजार ६ सय ८५ विद्यार्थी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?