सरकार संघियता कार्यान्वयन गराउन उदासिन : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार संघियता कार्यान्वयन गराउन उदासिन रहेको बताएका छन् ।

सतारुढ दलका नेता, मुख्य मन्त्रीहरु समेतले असन्तुष्टि व्यक्त गर्नुले सरकार यसमा गम्भीर छैन भने प्रष्ट भएको बताएका हुन् । 

शनिबार राजधानीको भोटेबहालमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले सरकार शान्ति, सुरक्षा कायम गर्न पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् ।

मुलुकमा बढ्दो बलात्कार, हत्या, अपरणको विषयमा नागरिकले आश्वत हुने गरि अपराधीलाई काबारहिको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न नसकिने उनले बताए । 

आफुहरुले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न, संघियता कार्यान्वयनका ऐन कानून निर्माण गर्न दिएको सुझावलाई समेत विपक्षीले सरकारको आलोचना गर्न मात्र यसो भनेको भन्ने प्रधानमन्त्रीको टिप्पणी आउने गरेको कुराले सरकार दुई तिहाईको दम्ब देखाउन मात्र उदत रहेको बताए । 

सरकारका गतिविधिको शासन कायम गरेर जनभावना अनुरुप काम गर्न तर्तपर्ता नदेखिनु मुलुक झन जटि समस्यामा पर्दै जाने त्रास बढाएको बताए । विधि सम्वत रुपमा अघि बढोस् भन्ने आफुहरुको चाहान रहेपनि बहुमतको दम्ब देखाउनमा सरकार रमाई रहेको नेता सिंहले बताए ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?