न्यु मिडियाको लतमा त परेका छैनन् बालबालिका ?

काठमाडौंँ–मोबाइल र इन्टरनेट अर्थात् न्यु(नयाँ) मिडिया ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु नै हुन् तर तिनको ठिक तवरले उपयोग नगर्दा भने बालबालिकामा लत बस्ने खतरा हुन्छ । कतै अभिभावकले नै आफ्नो बालबालिकालाई मोबाइल, इन्टरनेटको लतमा लगाएको छैन ? विचार पु¥याउने बेला आएको छ ।
अभिभावकले नै जानी नजानी बालबालिकालाई इन्टरनेटको लत लगाएरहेका पो छौँ कि ? त्यस्तो लत समयमै छुटाउने प्रयास गर्नु उचित हुन्छ । ससाना नानीहरू जतिखेर पनि युट्युव, अनलाइन गेम तथा विभिन्न सामाजिक सञ्जालमा ब्यस्त भएको देखिन्छ । अभिभावको समस्या भनेकै आफ्नो बालबालिका बाहिरी खेल खेल्ने भन्दा पनि मोबाइल, ट्याबमा भुलिरहेका हुन्छन् ।
चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीको भनाइमा अहिले प्रविधिको जमाना छ, इमेल इन्टरनेटको आवश्यक पर्छ तर यसलाई कसरी र कति समय चलाउने भन्ने विचार पु¥याउनुपर्छ । लत सबेको छ भने पनि विस्तारै छुटाउनुपर्छ ।
आफुले बालबालिको सामुन्ने मोबाइल, ट्याब वा ल्यापटप चलाएको देखेपछि उनीहरूलाई पनि चलाउन चाहन्छन् । त्यसैले पनि बालबालिको सामुन्ने भरसक नचलाउन उनको सुझाव छ ।
गाेरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?