काठमाडौं – अनियमितता गरी गुणस्तरहीन पुल निर्माण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार एवं प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । छन् । दफा ८(४) मा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पद स्वत: निलम्बन हुने प्रावधान छ । उनी सत्तारूढ संघीय समाजवादी फोरमका सांसद हुन् ।
प्राविधिकको मिलेमतोमा अनियमितता गरी बबई पुल निर्माण गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबई नदीमा निर्माण गरेको पुल गुणस्तरहीन भएका कारण उद्घाटन नहुँदै भत्किएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(४) बमोजिम मुद्दा दायर भएसँगै रौनियार प्रतिनिधिसभा सांसद पदबाट स्वत: निलम्बित भएका कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया