वलात्कारविरोधी अभियन्तालाई नोबेल पुरस्कार

काठमाडाैं-युद्धका बेला हुने बलात्कार तथा यौनहिंसाविरोधी अभियन्ता नादिया मुराद र डेनिस मुक्वेगेलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । अाजकाे कान्तिपुर दैनिकले समाचार छापेका छ ।

 २५ वर्षीया मुराद बलात्कारपीडित युवती हुन् भने ६३ वर्षीय मुक्वेगे चिकित्सक । मुरादले इस्लामिक स्टेट (आईएस) लडाकुबाट बलात्कृत भएपछि चरम यातना भोगेकी थिइन् । उनी इराकको कुर्दिस अल्पसंख्यक यजिदी समुदायकी हुन् । मुक्वेगे कंगोका स्त्रीरोग विशेषज्ञ हुन् । उनले आफ्ना सहकर्मीको सहयोगमा हजारौं बलात्कृत महिलाको उपचार गरिसकेका छन् ।

नोबेल समितिसँग कुराकानीमा मुक्वेगेले पुरस्कार घोषणाका बेला आफू शल्यक्रियामा व्यस्त रहेको बताए । उनले भने, ‘जब मानिस निकै चर्कोसँग कराए, त्यतिबेला म शल्यक्रिया कक्षमा थिएँ । यो निकै आश्चर्यजनक छ ।’

सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति तथा संस्था गरी ३ सय ३१ सिफारिस परेका थिए । सन् २०१६ मा सर्वाधिक ३ सय ७६ मनोनयन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?