काठमाडौं । काठमाडौंको मुलमानीमा सादा पोशाकमा रहेका प्रहरीले जुवा अखडामा छापा मार्दा जुवा खेल्नेहरुको भागाभाग भएको छ ।
केही बेरअघि जुवाको खालमा प्रहरीले छापा मारेपछि भाग्ने क्रममा एक व्यक्ति छतबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
अहिले उक्त क्षेत्रमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामासहितको टोली जाँदैछ । 'हामी त्यहाँ जाँदैछौं, अहिले यसै भन्न सकिने अवस्था छैन ।', लामाले लोकपथलाई भने ।
थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया