काठमाडौं । प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
शुक्रबार आगूऔषध नियन्त्रण ब्यूरोको टोलीले मुख्य लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगरका ४५ वर्षीया अरुण थापा र भोजपुरका अम्बरबहादुर राई छन् ।
ब्युरोका एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुको साथबाट १७२५ डाईजेपाम, फेनारगन १७२५ र बुप्रिनर्फिन १५२५ एम्पूल बरामद गरिएको छ । उक्त सामग्रीको बजार मूल्य ५० लाख बराबरको रहेको छ ।
पक्राउ परेका थापा २०६३ असार १ गते ४४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थापा २०७३ माघमा कैद भुक्तान गरी थुना मुक्त भएका थिए ।
अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।
थुना मुक्त भएका थापा पुन पुरानै लागूऔषध कारोबारीमा फर्किएको प्रहरीले जनाएको छ ।
उनीहरु माथि थप अनुसन्धान गरि कारबाही गरिने एसएसपी विश्वराज पोखरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया