प्रदेश नम्बर १ को राजधानीबारे निर्णय लिन काँग्रेसको बैठक

विराटनगर–प्रदेश नं १ को नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलको बैठक बसेको छ ।

विराटनगरमा बुधबारदेखि शुरु भएको संसदीय दलको बैठकमा प्रदेशको स्थायी राजधानी र नामका बारेमा छलफल केन्द्रित हुने बताइएको छ ।
नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्र्कीले प्रदेशको नाम र स्थायी राजधानीका विषयमा प्रदेश सदस्यको सुझावअनुसार दलको साझा धारणा बनाउन बैठक बसेको जानकारी दिए ।

प्रदेशसभामा नेपाली काङ्ग्रेसका २१ जना सदस्य छन् । विराटनगरलाई स्थायी राजधानी हुनुपर्नेमा नेपाली काङ्ग्रेसका अधिकांश प्रदेशसभाका सदस्यको अभिमत रहेको छ । बैठक शुक्रबार पुनःबस्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?