काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ४ सय १ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट १ सय ३७ र एन्टीजेन विधिबाट ९० जना गरि २ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट एक जनाको ज्यान गएको छ । त्यस्तै, तथ्यांकमा २४ घण्टामा देशभरमा १ लाख ४३ हजार ५ सय ९५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सो समयमा १ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया