केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ५ वर्षसम्म नढल्ने बताएका छन् । अमेरिकाको भ्रमण पूरा गरेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीले सरकार ५ वर्षसम्म चल्ने र त्यसपछि हुने चुनावबाट थप बलियो भएर आउने दाबी गरे ।
आफू नेतृत्वको सरकार बनेपछि केही कामै नभएको जसरी टिकाटिप्पणी भएको प्रति आक्रोश पोख्दै ओलीले भने, ‘सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष मान्ने कुरा मात्र हो ।’
यस्तै ओलीले नेता माधव नेपालसँग आफ्नो पुरानो मित्रता रहेको भन्दै पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताए । नेता नेपालसँग आफ्नो २९ सालदेखि मित्रता रहेको भन्दै ढुक्क हुन उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया