काडमाडौं । नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी)ले महानिरीक्ष सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् ।
प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीवार बिहान गृहमन्त्रालय पुगेर गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनालको राजीनामाको माग गरेका हुन् ।
‘मातहतका कर्मचारीले निरिहता देखाउँदा जुँगामा ताउ लगाएर पदमा रहिरहन मिल्दैन,’ अनेरास्वियुका सचिव आरसी लामिछानेले भने, ‘सर्वेन्द्र खनालको राजिनामा होइन, उसलाई बर्खास्त नै गर्नुपर्छ ।’
त्यस्तै अखिलका एक नेताले भने, मुलुकमा हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढी रहँदा प्रहरी प्रशासन मूर्त दर्शक भएर हेरिरहेको भन्दै सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम रहेकोले आईजीपी खनालको राजीनामा मागिएको बताए ।
निर्मला बलात्कारपछि हत्या प्रकरण, रौतहटकी सम्झना दास र चितवनकी बसन्ती परियारमाथि भएको एसिड प्रकरण, पोखरमा १० वर्षीया बालिका श्रेया सुनुवार लगायतमा प्रहरी चुकेको विद्यार्थी नेताहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया