काठमाडौं । सिंहदरबार प्रवेश गर्ने मूल गेट अगाडि १३ वर्षीया बालिका निर्मलाको न्यायका लागि आज बिहान विरोध प्रदर्शन भएको छ ।
निर्मलाको हत्या भएको ६९ दिन पुग्दापनि अपराधि पत्ता नलागेको भन्दै सिंहदरबारको गेटमा यूवाहरुको समूहले प्रदर्शन गरेका हुन् ।
युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले देशमा भइरहेका बलात्कार, हत्या, हिंसा जस्ता आपराधिक घटनामा सरकार मुकदर्शक बनेर बसेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् ।
प्रदर्शनकारीले निषेधित क्षेत्रभित्र १० मिनेट प्रदर्शन, धर्ना र नाराबाजी गरेका थिए ।
सिंहदरबार गेटमा रहेका सुरक्षाकर्मीले गेटमै रोकेपछि उनीहरू त्यहीँ बसेर नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया