काठमाडौ : प्रदेश घोषणासँगै तिनका राजधानी र राजधानी निकटका जग्गा बिक्रीबाट करोडौं कुम्ल्याउने योजना बनाएका भू–माफियाहरूको दबाबका कारण प्रदेशहरूको राजधानी छान्ने समस्या उत्पन्न भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीलाई सरकार सुम्पिन अघि प्रधानमन्त्री भएका बेला प्रदेशको राजधानी तोक्न विवाद भएपछि पुनरावेदन अदालत भएका ठाउँमा प्रदेशको अस्थायी राजधानी तोकि दिएका थिए ।
स्थायी राजधानी र नाम प्रदेश सभा गठन भएपछि प्रदेश सभाको दुई तिहाईको समर्थनबाट स्थायी राजधानी र नाम तोक्ने काम जिम्मा लगाइएको थियो ।
त्यस अनुरूप नाम राजधानी चयन गर्ने काममा भू–माफियाहरूको चलखेल बढेको देखिएको छ ।
अहिलेसम्म प्रदेश नम्बर १, २, ३ र ५मा यो निर्णय गर्न हुन सकेको छैन् ।
देशको नाम र राजधानी तोक्नलाई चाहिने आवश्यक दुईतिहाइ बहुमत प्रदेश नम्बर दुईमा बाहेक सबै प्रादेश सरकारहरू छ र पनि तोकिएको छैन् ।
एकातिर सत्तारूढ पार्टीका नेताहरूमा विवाद अर्को तर्फ भू–माफियाहरूको दबाबमा रहेका नेताहरूको प्रभावले गर्दा नाम र राजधानी तोक्ने काममा ढिलाइ भइरहेको पार्टी निकट तटस्थ नेताहरूको भनाइ छ ।
प्रदेश नम्बर ३को राजधानी हेटौडाबाट सार्ने प्रयास भरमग्दुर भइरहेको छ । तर त्यसबारे कुनै निर्णय भएको छैन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हाल अस्थायी राजधानी रहेकै हेटौंडालाई स्थायी बनाउने पक्षमा देखिएका छन् ।
पौडेल भन्छन् “ बसिराखेको ठाउँ छाड्दा आन्दोलन होला जस्तो छ , जनताले पक्कै पनि त्यसै छाड्दैनन्। अन्यत्र पनि यता आएन भनेर आन्दोलन भइराखेको होला। त्यसैले सबै पक्षको सहमति चाहिएको छ।”
प्रदेशका नाम राख्ने हकमा प्रदेश सभामा जितेर गएका नेताहरू पनि विभिन्न अवधारणामा अडेकाले सहमति बनाउन गाह्रो भइरहेको छ । अर्को तर्फ पार्टी केन्द्रमा शीर्ष नेताहरूको सहमति नआएसम्म प्रदेशका नेताहरूमा सहमति हुने स्थिति तत्काल देखिदैन् ।
प्रदेश २मा पनि बीरगञ्जमा राजधानी राख्ने आन्दोलन चलेकै छ । मुख्यमन्त्री लालबाबु राउत वीरगञ्ज तिरका भएकाले राजधानी सार्नेहरूलाई दबाब दिन सजिलो भएको छ ।
मुख्यमन्त्री राउतले यसबारे उचित समयमा उचित निर्णय लिइने बताए । उनले भने “ प्रमुख काम जनतालाई सेवा सुविधा उपलब्ध गराउनु महत्वपूर्ण विषय हो । यसका लागि चाहिने आवश्यक कर्मचारीको प्रवन्ध केन्द्र गरेको छैन् । यसमा ध्यान केन्द्रित गरेका छौं ।”
पार्टी स्रोतका अनुसार राजधानी सार्ने नाममा भू–माफियाले नेताहरूलाई रिझाउन खर्च गरिसकेकाले समस्या भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया