कोरोना अपडेट : तीन सय जनामा संक्रमण पुष्टि हुँदा १ सय २४ जना डिस्चार्ज

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ५ सय ९० जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट १ सय ७७ र एन्टीजेन विधिबाट १ सय २३ जना गरि ३ सय जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा नेपालमा कोरोनाबाट कसैले ज्यान गुमाएका छैनन् । त्यस्तै, तथ्यांकमा २४ घण्टामा देशभरमा ३ लाख ५९ हजार ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सो समयमा १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?