काठमाडौं । अन्दाजी ७ वर्षका बालक काठमाडौंको गोठाटारबाट अपहरणमा परेका छन् ।
बालकको परिचय नखुलेको प्रहरीले जनाएको छ । खोजीका लागि अपराध महाशाखाबाट एसएसपी धिरजप्रताप सिंहको नेत्तृत्वमा टिम खटिएको बताइएको छ ।
परिचय नखुलेको बालकलाई विद्यालयबाट फर्कँदै गर्दा तीन जनाको समूहले गाडीमा राखेर लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया