विच्याटमा डिल : एक केजी सुन बराबर ५० हजार

काठमाडौं । काठमाडौंबाट प्रहरीले पाँच किलो सुनसहित एकजन युवक पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट  रसुवा गोसाइकुण्ड–९ का १८ वर्षीय शोबहादुर तामाङलाई ५ किलो सहित पक्राउ परेको हो ।

रसुवा नाकाबाट काठमाडौंसम्म सुन पु–याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेर ल्याएका थिए । 

बुधबार महानगरी प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्नै तामाङले एक केजी सुन बराबर ५० हजार र एक वर्षको कलेज शूल्क तिर्ने सहमतिपछि तामाङले सुन बोकेर काठमाडौं आएको खुलेको हो । 

उनले विच्याटमा डिल गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?