काठमाडौं । पतंजलि योगपीठ नेपालले नेपालमा आयूर्वेद विश्वविद्यालय बनाउने भएको छ ।
बुधबार मण्डिखाटारस्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पतंजली योगपीठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय बनाउने बताएका हुन् ।
साथै उनले पतंजलि योगपिठले नेपाललाई आयूर्वेद र योगको माध्यामबाट समृद्ध र स्वच्छ नेपाल बनाउन चाहेको समेत बताए ।
उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालसँग छलफल भइसकेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया