कांग्रेस विधान मस्यौदा समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस विधान मस्यौदा समितिको बैठक आज बस्दै छ । 

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बस्न लागेको हो । 

विधान तयार गर्न सातै प्रदेशमा छलफल सकिएपछि आज विधान मस्यौदा समितिको बैठक बस्न लागेको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।   

सातै प्रदेशबाट संकलन गरिएको सुझावलाई समेट्दै विधान मस्यौदामा समेटेर आमज यसलाई अन्तिम रुप दिनका लागि मस्यौदा समितिको बैठक बोलाइएको समितिका सदस्य पौडेलले बताए । 

बैठकमा सातै प्रदेशमा सुझाव संकलनका क्रममा पार्टी सभापतिलाई अधिकार सम्पन्न बनाउने वा स्थानीय तह देखिनै सामूहिक नेतृत्व प्रणाली विकास गर्ने भन्ने दुई विषयमा दुई थरी सुझाव आएका छन् । 

विधानको प्रारम्भिक मस्यौदामा ८ तहको संरचना निर्माण हुने उल्लेख छ । 

प्रारम्भिक कांग्रेसको केन्द्रीय समितिको आकार १ सय ३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?