काठमाडौं । प्रहरीले काठमाडौंबाट पाँच किलो सुनसहित एकजालाई नियन्त्रणमा लिएको छ ।
राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित शोबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो ।
रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका तामाङले बेल्टमा बाँधेर ल्याएको पाँच किलो सुन सहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार पाँच किलो सुन बरामद गरिएको पुष्टि गरेका छन् । उनले यसबारे थप अनुसन्धान भइरहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया