ई–डिभीको आवेदन आज रातिदेखि खुल्दै

काठमाडौं । सन् २०२० का लागि अमेरिकी ईलेक्ट्रोलिक डाइभर्सिटी भिसा (ई–डि.भी) आज रातिदेखि खुल्ला हुने भएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार ई–डि.भीको आवेदन आज (बुधबार) राति ९ः४५ बजेबाट आवेद शुरु हुने भएको हो । आजबाट शुरु हुने ई–डि.भीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुल्ला हुनेछ । 

डिभी कार्याक्रममा सहभागी हुन इच्छुकले  www.dvlottery.state.gov  मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिने दूतावासले जनाएको छ ।

तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । दूतावासका अनुसार,  मुख्य आवेदकले अयोग्य पति–पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ ।

तपाईंले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?