बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई १० वर्ष जेल

गाईघाट । १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई १० वर्ष ६ महिना जेल सजाय सुनाएको छ । 

उदयपुरको कटारी नगरपालिका –४ की १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिला अदालत, उदयपुरले सो फैसला सुनाएको हो । उक्त सजाय पाउन चारै जना १५–१८ वर्षका किशोर छन् । 

पाँच जना मध्ये एक जना भने अझै फरार छन् ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई मंगलबार जेल सजाय र दुई लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।

१६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ ।

पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको छ ।

गत वर्ष भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?