काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीको व्यवहार सुधार गर्न अंग्रेजी भाषादेखि विभिन्न तालिम दिन थालिएको छ । त्यसका लागि विशेष कोर्स नै तयार पारिएको छ ।
विमानस्थलमा कार्यरत प्रहरीले ठूलो संख्यामा विदेशी नागरिकलाई सेवा दिनुपर्ने भएकाले उनीहरूलाई अंग्रेजी भाषाको तालिम दिइएको महानगरीय विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
तालिमपछि प्रहरीको व्यवहारमा परिवर्तन देखिन थालेको डिआइजी कमलबहादुर जिटीले बताए । प्रहरीमा सुधारसँगै विमानस्थलको सुरक्षालाई बलियो बनाउन पनि विभिन्न सुधार गरिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया