काठमाडौँ । दशैँको मुखमा राजधानी काठमाडौंको मुख्य प्रवेश नाका नागढुंगा थानकोट सडकमा फेरि जामको समस्या थपिएको छ ।
सडक विभागले साँझ आठ बजेदेखि विहान पाँच बजेसम्मलाई नागढुंगादेखि पिपलबोटसम्मको सडक कालोपत्र गर्न थालेपछि जाम बढेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले एक हप्तालाई रातिको समयमा नागढुंगाक्षेत्रमा सवारी आवागमनमा समस्या देखिने बताए ।
सोमवारबाट नै सडक अवरुद्ध गर्ने योजना हो उनले भने, तर सडक कालोपत्रे गर्ने मेसिनले काम नगर्दा ढिलो भयो । त्यस्तै नागढुड्गाको उकालोमा पनि जामको त्यतिकै समस्या देखिएको छ । थानकोटदेखि नागढुड्गासम्मको सडक कालोपत्रे सम्पन्न भएसँगै कहीँ कतै जाम नहुने भनाई टाफिक प्रहरीको छ ।
दशैमा कलंकीदेखि नागढुंगासम्म जाम नहुने गरी यातायातका सवारी साधनहरु सञ्चालनको व्यवस्था मिलाइएको जनाइएको छ ।
तर, धादिड नौबीसेदेखि नागढुड्गाको उकालोमा भने ओभरलोड भएका ट्रकका कारण जाम बढेको भनाइ प्रहरीको छ ।
ओभरलोडका ट्रकहरु बिग्रेमा त्यस्ता सवारी साधनहरु तान्नलाई क्रेनको समेत व्यवस्था गरिएको जानकारी प्रहरी निरीक्षक भट्टले दिए ।
नागढुड्गाको उकालोमा हेभी लोड भएका सवारी साधनहरु सुस्त गतिमा सञ्चालन हुनका साथै सडक छेउ पार्किड गरिदिदाँ यस्तो समस्या देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया