पुतलीसडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा  मंगलवार (आज) बिहान मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु भएको छ ।

ध१प ४३४८ नम्बरको मोटरसाइकलले आज बिहान ५ बजे अन्दाजी ५५ बर्षीय पुरुषलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो ।

मृत्तकको सनाखत हुन बाँकी रहेको छ । 

मोटरसाइकल चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?