निर्मला बलात्कारपछि हत्या प्रकरण: निर्मलालाई न्याय माग्दै कञ्चनपुर बन्द

कञ्चनपुर । निर्मलाको बलात्कारपछि हत्याभएको ६९ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले आज मङलबार कञ्चनपुर बन्द गराएका छन् । निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघले जनाएको छ । 

बन्दका कारण बिहानैबाट सवारीका साधनहरु चलेका छैन् भने शैक्षिक संस्थाहरु पनि सञ्चालनमा आएका छैनन् । 

यस्तै, नेवि संघको आह्वानमा सहमति जनाउदै उद्योग व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् । 

निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी छ । तर, सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ । 

यता, सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् ।  उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् । 

निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि कञ्चनपुर फेरि तातेको हो । 

घटनामा संलग्न रहेको आरोपसहित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न स्थानियले माग गरेका थिए । स्थानीयको चर्को

दवाबपछि अनुसन्धानका लागि भन्दै प्रहरीले निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको डीएनए परीक्षण गरेको थियो । रिपोर्ट अनुसार तीनै जनाको डिएनए निर्मलाको भेजिनल स्वाबु (योनीबाट संकलन गरिएको डिएनए) सित मेल खाएन । 

गएको साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीय निर्मला पन्तको साउन ११ गते निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?