पोखरा । पोखराको पालिखेचोकमा एक युवाको हत्या भएको छ ।
प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन ।
प्रहरीका अनुसार हत्या भएको युवकको टाउको र खुट्टामा गम्भीर चोट रहेको छ । धारिलो हतियार प्रयोग गरि हत्या भएको आशंका गरिएको छ ।
स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान पनि अघि बढाइसकेको छ ।
मृतकसँगै काम गर्ने युवाहरुले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया