प्रधानमन्त्री ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौं । युनिभर्सिटी फर पिसले नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरेको छ । 

योसँगै प्रधानमन्त्री ओलीले दुईवटा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। 

गत चैतमा भारतको राजकीय भ्रमणका बेला त्यहाँको उत्तरखण्डामा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?