सडक मर्मतका लागि नागढुङ्गा-पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोक

काठमाडौं  ।  त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौंले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । 

डिभिजन प्रमुख देवकुमार तामाङले आज मङलबार देखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने जानकारी दिएका छन् । 

उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो । डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?