जग्गा दलालहरू पैसाको मुठो बोकेर दिनदिनै धाउन थाले

धनगढी- कैलालीको तेघरीका भीमबहादुर थापामगरले वर्ष दिनअघि आफ्नो ५ कट्ठासहितको घरखेत बिक्री गर्न खोजेका थिए । नसकेपछि अहिले नबेच्ने मनस्थिति बनाएका छन् । तर जग्गा दलालहरू भने पैसाको मुठो बोकेर दिनदिनै उनको घर धाउन थालेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

‘दलालको ढिपीबाट हैरान भइसकें,’ उनले भने, ‘राजधानी हामीलाई विस्थापित गर्न आएको हो भन्ने लाग्न थाल्यो ।’ उतिबेलाको समस्या समाधान भइसकेकाले अहिले जग्गा बेच्नुपर्ने कुनै आवश्यकता नभएको उनले बताए ।

गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरी सामुदायिक वनक्षेत्रमा सुदूरपश्चिम प्रदेशको राजधानी राख्ने प्रस्ताव प्रदेशसभाबाट पास भएपछि जग्गा दलालहरू सम्पर्कमा आउने क्रम ह्वात्तै बढेको उनी बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?