केन्द्रीय सदस्यलाई पनि वडाबाटै चुनाव लड्नुपर्ने

काठमाडौं –मुलुकको नयाँ संरचनाअनुसारको पार्टी विधान बनाउँदै गरेको नेपाली कांग्रेसमा केन्द्रीय सदस्यलाई वडा तहबाटै चुनाव लडेर महाधिवेशन प्रतिनिधि बनाउन सुझाव आएको छ ।

राजधानी दैनिकमा खबर छापिएको छ ।

८ देखि १३ असोजसम्म सातै प्रदेशमा विधानबारे भएको सुझाव संकलनका क्रममा पार्टीलाई जगदेखि नै बलियो बनाउनु पर्ने आवश्यकता रहेको भन्दै यस्तो सुझाव आएको हो ।

विधान समितिका एक सदस्यले भने, ‘हाल केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान छ, तर सुझाव संकलनका क्रममा केन्द्रीय सदस्यलाई पनि चुनाव मार्फत नै वडा तहबाटै निर्वाचित भएर आउने गरी विधान बनाउन सुझाव आयो ।’
विधान समितिका प्रवक्ता रमेश लेखकले पनि केही स्थानबाट केन्द्रीय सदस्यलाई वडा तहबाट नै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्न सुझाव आएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?