२० हजारलाई पछार्दै त्रिवि अगाडि

 काठमाडौँ – त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।  नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ।  

त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिविको स्थान फरक फरक देखिएको थियो । टाइम्स हाइयर एजुकेशनले त्रिविलाई पहिलो पटक सर्वेक्षण गरेको हो । विश्व प्रशिद्ध द टाइम्स हाइयर एजुकेशन गरेको सर्वेक्षणले त्रिविलाई उत्कृष्ट विश्वविद्यालयको रुपमा वर्णन गरेको छ ।
संस्थाले रिक्वायरमेन्ट माग गरेको थियो । सो रिक्वायरमेन्ट पुरा गरेपछि शैक्षिक स्तरमा सुधार भएको त्रिविका योजना महाशाखा प्रमुख डा।ऋद्धिस पोखरेलले जानकारी दिए ।

संस्थाले गरेको मापदण्ड पुरा गरेपछि सार्वजनिक गरेको विवरणअनुसार त्रिविले उल्लेखनीय सफलता हासिल गरेको उनको भनाइ छ । आफुखुसी कुनै संस्थाले गरेको सर्वेक्षण भन्दा पनि विश्वको उत्कृष्ठ संस्थाले गरेको सर्वेक्षण महत्वपुर्ण रहेको दाबी त्रिविले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?