काठमाडौँ-बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भेजाइनल स्वाब’ डीएनएसँग मेल नखाएपछि शङकाको घेरामा राखिएका चार ब्यक्ति पनि निर्दोष देखिएका छन् ।
नेपाल प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धान गर्न निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरन विष्ट, भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको ‘डीएनए’ परीक्षण गरेको थियो ।
प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा चारै जनाको डीएनए परीक्षण गर्दा बालिका निर्मलाको डीएनएसँग मेल नखाएको बताए । अर्का अभियुक्त दीलिप विष्ट जिल्ला अदालत कञ्चनपुरको आदेशले यसअघि नै छुटिसकेका छन् ।
निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको ‘डीएनए’ परीक्षण पीडित परिवारको आग्रहमा गरिएको जानकारी प्रवक्ता क्षेत्रीले दिए । निर्मला हत्या घटनामा विष्टको छोरा र मेयरको भतिजाको कुनै सम्वन्ध देखिदैन उनले प्रष्ट पारे ।
प्रहरीले ‘भीड’को मागअनुसार अपराध अनुसन्धान गर्ने होइन, उनले भने,‘अहिले त ‘भेजिनल स्वाब’ पनि नक्कली भन्न थालेछन् ।’ नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा सुरक्षित ‘भेजिनल स्वाब’ निर्मलाको नै भएको दावी उनले गरे ।
निर्मला हत्या घटनाको अनुसन्धानमा प्रहरीको कमजोरी भएको पुनः स्वीकार्दै प्रवक्ता थापाक्षेत्रीले निर्मलाको ‘डीएनए’ पुष्टि गर्ने आफूहरूसँग थुप्रै आधार तथा प्रमाण रहेको बताए । निर्मला हत्या अपराध अनुसन्धानको वलियो प्रमाण नै ‘भेजिनल स्वाब’ भएको उनले स्पष्ट पारे । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया